Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाए

ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि मोहम्मद आदिल आलम सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ । आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् ।

आदिल केही वर्ष अघि नेपाल टि ट्वान्टी लिगमा फिक्सिङको आरोपमा प्रतिबन्ध परेका थिए । आरोप प्रमाणित नभएपछि प्रतिबन्ध मुक्त भएका आदिल त्यसयता पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन् ।

यु१९ का स्टार युवराज खत्रीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । नेपाली मालिगंको नाममा परिचित अभिनास बोहोराले भने ३२ सदस्यीय टोलीमा स्थान बनाउँन सकेनन् ।

नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ । त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ ।

छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन् ।

सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपाल छनोटको समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउँने लक्ष्यमा छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.