बिहीबार नेदरल्याण्ड्समा सम्पन्न युरोपियन छनोटमा जर्सीसँगको खेलमा पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको हो । छनोटमा लगातार दोस्रो हार बेहोरेको स्टल्याण्ड आज भएको खेलमा जर्सीसँग १ विकेटले पराजित भएको हो ।
स्कटल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा पूरा गर्यो । विजयी जर्सीको विश्वकपमा छनोटको सम्भावना कायमै रहेको छ । आजै हुने अर्को खेलमा इटलीले नेदरल्याण्डलाई पराजित गरेमा जर्सी सजिलै छनोट हुनेछ ।
यदी नेदरल्याण्ड्सले फराकिलो अन्तरमा इटलीलाई पराजित गरेमा पनि जर्सीको छनोट हुने सम्भावना रहने छ ।
