Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

साबिकको उपविजेता नेपालले भुटानसँग खेल्दै

अहिलेसम्म नेपालले महिलातर्फको उमेर समूहमा (यु–१६ मैत्रीपूर्णबाहेक) भुटानसँग हार बेहोर्न परेको छैन। त्यसैले नेपाल सोही लयलाई कायम राख्दै आजकाे खेलमा जित निकाल्लने लक्ष्यमा हुनेछ।

साबिकको उपविजेता नेपालले शुक्रबार भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।

खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६:१५ बजे हुनेछ।

यो उमेरसमूहमा नेपाल र भुटान दोस्रोपल्ट आमुन्नेसामुन्ने हुन लागेका हुन्। दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन्। एक गोल भने कप्तान प्रीति राईले थपेकी थिइन्।

अहिले यी दुवै खेलाडी सिनियर टोलीमा छन्। तर, उक्त खेल खेलेका लिला जोशीलगायत केही खेलाडी अझै नेपाली टोलीमा छन्।

भुटान भने नेपालसँग पहिलो जित खोस्ने लक्ष्यका मैदान उत्रने छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.