प्रधानमन्त्री केपी शर्मा ओलीले ,राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिदै भन्नू भयाे तपाईंहरू २०२६ को तयारी राम्रोसँग गर्नुस्, भव्य तयारी गर्नुस् । यसपल्ट सरकारले बजेट झन्डै डबल बनाएको छ, खेलप्रति माया गरेर । बजेटबाट माया हामीले देखाएका छौं’ उनले भने, ‘त्यसकारण खेल क्षेत्र अब अगाडि बढ्छ । अनेक हिसाबले अगाडि बढ्छ । राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ । अब समय सारिँदैन।’
उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन् । अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीकाे राष्ट्रिय खेलकुद परिषद्लाई समय नसार्न निर्देशन
