Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको छ।

भुटानमा यही अगस्ट २० बाट सुरु हुने साफ यु-१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अगस्ट ३१ सम्म चल्ने प्रतियोगिता राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा हुनेछ ।

तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ । नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.