Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाली टोलीकाे उज्बेकिस्तानमा कप्तानबारे बिबादकाे नालिबेलि

नेपाली टोली उज्बेकिस्तान जानुअघि नै कप्तान चयन गरौं भन्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नमानेको कार्यकारी समितिकी सदस्य रहेकी सरिला श्रेष्ठले आरोप छ । ‘हामीले यहीँ कप्तान तोकेर जाऊँ भन्दा उहाँले मान्नुभएन, उतै गएर गरौंला भन्नुभयो’ उनले भनिन् ।
त्यसबेला आफूहरूले उक्त कुरा मानेको बताउँदै उनले उता पुगिसकेपछि पनि प्रशिक्षकले खेल हुने दिनसम्मै आलटाल गरेको बताइन् । ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअगाडि टिम लिस्ट दिनुपर्छ, त्यसबेलासम्म पनि उहाँले कप्तानबारे जानकारी गराउनुभएन’ उनले भनिन्, ‘तिमीहरूले नाम बाहिर दिन्छौ त्यहीभएर म अहिले दिन सक्दिनँ भनेर भन्नुभयो।’
त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट दिएको बताइन् । त्यसमा पनि भिडियो देखाएर नै टिमको नाम हेर्न भनेको उनको भनाइ छ ।
भिडियो देखाउँदा पनि त्यसमा कप्तान को हो भनेर लेखिएको थिएन, हामीले मैदानमा जानेबेला पनि सोध्यौं तर उहाँले भन्नुभएन, त्यसपछि हामीले सिनियर खेलाडी रेनुका नगरकोटे देखेर उहाँलाई कप्तान राखेर टिम लिस्ट एएफसीलाई पठायौं’ उनले भनिन् ।
त्यसपछि खेल सुरु हुनुअघि रेनुकालाई आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले बल्ल रोक्नुभयो र साम्बा कप्तान भएको बताउनुभयो’ श्रेष्ठले भनिन्, ‘सावित्रालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्तिको विषय थिएन, नेपालमै हुँदा भनेको भएपनि समस्या थिएन, प्रशिक्षकले किन यस्तो गर्नुभयो थाहा भएन।’
त्यसपछि टिम लिस्टमा अर्कै कप्तान भएपछि कारवाही हुन्छ कि भनेर प्रश्न गर्दा उहाँ आफैं चर्किन थाल्नुभयो, म्याच कमिस्नरले पनि यस विषयमा प्रश्न उठाएपछि उहाँले कसैको पनि कुरा सुन्नुभएन’ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.