नेपालले खेल्ने यस प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको छ । नेपालसहित चार राष्ट्रका टोलीसँगै अस्ट्रेलियन बिग ब्यास लिगका एकेडेमी टोलीहरू सहभागी सिरिजमा नेपालले ६ खेल खेल्ने छ ।नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ।
चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध दिउँसो ३:१५ बजे खेल्नेछ
