Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालले बंगलादेश, श्रीलंका र भुटान संग महिला च्याम्पियनसिप खेल्ने

बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली यू-२० राष्ट्रिय महिला टोलीलाई बिदाई गरिएको छ ।साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जुलाई ११ देखि सुरु हुनेछ । च्याम्पियनसपमा नेपाल, आयोजक बंगलादेशसहित श्रीलंका र भुटानको सहभागिता छ ।
चार टिम मात्र सहभागी भएकोले डबल राउण्ड रोविन लिगको आधारमा खेलहरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ ।
दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ ।
यो प्रतियोगिता एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा रहेको एन्फाले जनाएको छ

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.