नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल हुने जनाएकाे छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ । यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोको अन्तर्गत हुने एन्फाले बताएको छ ।
यो खेललाई एएफसी एसियन कप छनोट तयारीस्वरुप रहेको छ । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ।
समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ । तर, दुवैमा हार बेहोरेर अंक तालिकामा पुछारमा छ ।
नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने
