२२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्ड बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ
सम्बन्धित पोस्टहरू
-
ओमानमाथि नेपालको शानदार जित, लगातार दोस्रो सफलतासँगै ११३ रनले विजयी
Abiral Bhandari२०८३ आश्विन २७ गते -
रोहितको शतकपछि नेपालको शानदार जित, क्यानडा २४ रनले पराजित
Abiral Bhandari२०८३ आश्विन २५ गते -
रोहितको शतकमा क्यानडासामु नेपालको चुनौतीपूर्ण लक्ष्य, ओडीआई स्टाटस जोगाउने दबाब
Abiral Bhandari२०८३ आश्विन २५ गते -
ओडीआई लिग–२ : नेपाल आज क्यानडासँग भिड्दै, ओडीआई स्टाटस जोगाउने चुनौती
Abiral Bhandari२०८३ आश्विन २५ गते -
हिमाली सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
Abiral Bhandari२०८३ आश्विन २५ गते -
लिग–२ मा नेपालको झट्का! शीर्ष चारको दौडबाट बाहिरियो नेपाल
Abiral Bhandari२०८३ आश्विन २३ गते
